केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा कोरोना संक्रमण « Khabarhub

केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा कोरोना संक्रमण


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन ।

‘दुई जनालाई सात दिनमै निको भइसक्यो’ उनले भने, ‘लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लगिएको र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।’

केन्द्रीय कारागारमा तीन हजार २६३ जना कैदीबन्दी रहेका छन् । तीमध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानुपर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने जनाइएको छ ।

कारागार प्रमुख बास्कोटाले बिरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको बताउनुभयो । ‘सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौँ, तर पनि उपचारका लागि अस्पताल जानैपर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’ उनले‍ भने ।

कारागार व्यवस्थापनले वाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउने जस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ । औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरिएको छ ।

ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तीनका आफन्तलगायत वाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ । स्वास्थ्य उपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेण्टाइन र त्यसपछि पीसीआर परीक्षण अनिवार्य गरेको खबर आजको गोरखापत्रले छापेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ४५ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र