आजको मौसम : पाँच वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : पाँच वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले आज पनि मुलुकका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले प्रदेश १, २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ।

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान

भाद्र १५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १६ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश , प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ

भाद्र १७ गते (वुधबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : १९ बजे

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार नियुक्त

काठमाडौं– निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने

काठमाडौं– श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

काठमाडौं– विभिन्न हिन्दुवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसर

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडौं– कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ । घटनामा

दूध उत्पादनमा आत्मनिर्भर बन्दै सुदूरपश्चिम

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर