मोबाइलका ब्याट्री र डिस्प्ले बरामद « Khabarhub

मोबाइलका ब्याट्री र डिस्प्ले बरामद


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको धनगढीबाट भन्सार छलीका झण्डै तीन लाख रूपैयाँ बराबरका मोबाइल ब्याट्री र डिस्प्ले प्रहरीले बरामद गरेको छ ।

धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ ।

त्यसैगरी प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट भन्सार छलीका मोबाइल ब्याट्री र डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी–१ स्थित मोबाइल रिपेयरिङ पसलबाट २०० थान मोबाइलका डिस्प्ले, ५६ थान मोबाइल टच, ३३ थान किबोर्डवाला मोबाइलको डिस्प्लेले, १०६ थान ब्याट्री, ७२ थान ब्याक कभर गरी एक लाख ६६ हजार ३६० बराबरका मोबाइल ब्याट्री र डिस्प्लेसहित पसलका सञ्चालक अमन अहमदलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

यस्तै प्रहरीको सोही टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट भन्सार छलीका ट्याक्टरका पार्टपुर्जा र सुपर पावर सुर्तीसहित एक जनालाई पक्राउ गरेको छ ।

ट्याक्टरका विभिन्न पार्टपुर्जा र सुपर पावर सुर्ती १७ थान पोका अन्दाजीरु ३५ हजार ८५० बराबरको समान लगिरहेको अस्थामा गोदावरी नगरपालिका–७ का धनबहादुर देउवालाई पक्राउ गरिएको जनाइएको छ ।

बरामद गरिएका सामानसहित देउवालाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : २० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक