प्यूठानका ग्रामीण सडक अवरुद्ध | Khabarhub Khabarhub

प्यूठानका ग्रामीण सडक अवरुद्ध


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या  भोग्दै आएका छन् ।

हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का समयमा सवारीसाधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ बाट सडक डिभिजन कार्यालयले माण्डवी र ऐरावती गाउँपालिका जोड्ने चेरनेटा–चीन–जाबुने सडकखण्ड स्तरोन्नति गर्न लागेपछि सडकमा गाडी गुड्न पाएका छैनन् ।

शुरुमा माटो र ढुङ्गाको उचित व्यवस्थापन नहुँदा सवारी सञ्चालनमा आउनसकेका थिएनन् । तिग्रापातलवासीले ठेकेदारका कारण समस्या भएको जनाउँदै इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको निर्माणको काम माग पूरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो ।

वर्षात्का समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । वर्षात्का कारण माटो, ढुङ्गा अत्यधिकमात्रामा खोलामा मिसिन गई तिग्रा, धुवाङ्ग, कैरन बस्तीनै सङकटमा परेपछि स्थानीयवासीको विरोधका कारण रोकिएको काम अझै शुरु हुन सकेको छैन ।

सडकमा रहेको ढुङ्गा माटो र पहिराका कारण मोटरसाइकलसमेत आवतआवत गर्नसक्ने अवस्था नरहेको स्थानीय तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङले बताए ।

गाउँघरमा कोही बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ भएको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालयका अनुसार करीब १९ किलोमिटर सडकको स्तरोन्नतिका लागि आठ करोड बजेट विनियोजन भएको थियो । हालसम्म चार करोड बराबरको काम भइसकेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुन खत्रीले जानकारी दिए ।

वर्षात्को समयमा चौतर्फी विरोध भएपछि केही समय काम स्थगित गरिएको उनको भनाइ छ । ऐरावती गाउँपालिकाकै बरौला–नार्सिनेटा–दाङवाङ जोड्ने सड्क पनि अहिले अवरुद्ध छ । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवातजावतमा समस्या परेको छ ।

अत्यावश्यक काममा जानुपरेमा वा कोही बिरामी भएमा  घुमाउरो सडकमार्फत अस्पताल पुर्‍याउने गरिएको स्थानीयवासी बताउँछन् । वर्षात्का समयमा जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न कच्ची सडक अवरुद्ध हुन्छन् ।

थोरै बजेटमा जनताले सडक गाउँमा पुर्‍याउन खोज्नु, व्यवस्थितरुपमा सडक निर्माण नहुनु तथा सडकमा नाली निर्माण नगरिनुले ग्रामीण सडक अवरुद्ध हुने गरेका बताइएको छ ।

यस्तै झिमरुक गाउँपालिकाभित्रका भित्री शाखाका सडक पनि वर्षात्को समयमा अवरुद्ध छन् ।  गौमुखी गाउँपालिकाका पनि अर्खा, गौमुखी जाने सडक पनि तथा नौवहिनी गाउँपालिकाका बाहाने–स्याउलीबाङ, बाहाने–लिगा, बल्लेखोला–मैरामारे सडकखण्ड पनि अवरुद्ध रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  २ : ३० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु