यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांकनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही रहेका छन्।

यसैगरि मुस्ताङ र हुम्लामा सक्रिय संक्रमित शुन्य रहेको मन्त्रालयले जनाएको छ।

देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या १३२ रहेको छ।

मन्त्रालयका अनुसार प्रदेश-१ मा चार जना, प्रदेश-२ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा तीन र प्रदेश-५ मा १७ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

यसैगरि देशभर भेण्टिलेटरमा राखेर उपचार भइरहेका विरामीको संख्या १६ रहेको छ।

मन्त्रालयले प्रदेश-१ मा एक जना, बागमती प्रदेशमा १३ जना र प्रदेश-५ मा २ जना संक्रमितलाई भेण्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ।

नेपालमा आज (सोमबार) थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२८ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : १७ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा