अवैध रुपमा भित्र्याइएको झण्डै सात लाख बराबरको सामान बरामद « Khabarhub

अवैध रुपमा भित्र्याइएको झण्डै सात लाख बराबरको सामान बरामद


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ओरियन्स कम्पनीको सामान प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा झिलझिले प्रहरीले ओरियन्स कम्पनीका ६ लाख ७६ हजार ९४५ रुपैयाँ मूल्य बराबरको सामान आज बरामद गरेको हो ।

वीटग्रास डायट्री सप्लीमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा बरामद भएको प्रहरीले जनाएको छ । सामानसँगै ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षीय नगेन्द्र चौधरी , सोही ठाउँका २६ वर्षीय शिवराम चौधरी , मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षिय सुरजकुमार चौधरी , सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षीय दीपक सिंह , वडा नं ६ बस्ने २५ वर्षीय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षीय सुनिल विश्वास रहेका छन् ।

उनीहरुले सामान बोक्न प्रयोग गरेको को ३३ प ३०८ , का. १७ प २८५६ नं को मोटरसाइकल र को ३४ प ५६८५ नं को स्कुटर पनि बरामद भएको झिलझिले प्रहरीले जनाएको छ ।

अहिलेसम्म भन्सार छली ल्याएको ५० लाख बराबरको ओरियन्स कम्पनीको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

उनका अनुसार भदौ महिनामा मात्र १४ लाख मूल्य बराबरको ओरियन्स कम्पनीको सामान बरामद गरी भन्सारमा बुझाइएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : २३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि