अवैध रुपमा भित्र्याइएको झण्डै सात लाख बराबरको सामान बरामद | Khabarhub Khabarhub

अवैध रुपमा भित्र्याइएको झण्डै सात लाख बराबरको सामान बरामद


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ओरियन्स कम्पनीको सामान प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा झिलझिले प्रहरीले ओरियन्स कम्पनीका ६ लाख ७६ हजार ९४५ रुपैयाँ मूल्य बराबरको सामान आज बरामद गरेको हो ।

वीटग्रास डायट्री सप्लीमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा बरामद भएको प्रहरीले जनाएको छ । सामानसँगै ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षीय नगेन्द्र चौधरी , सोही ठाउँका २६ वर्षीय शिवराम चौधरी , मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षिय सुरजकुमार चौधरी , सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षीय दीपक सिंह , वडा नं ६ बस्ने २५ वर्षीय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षीय सुनिल विश्वास रहेका छन् ।

उनीहरुले सामान बोक्न प्रयोग गरेको को ३३ प ३०८ , का. १७ प २८५६ नं को मोटरसाइकल र को ३४ प ५६८५ नं को स्कुटर पनि बरामद भएको झिलझिले प्रहरीले जनाएको छ ।

अहिलेसम्म भन्सार छली ल्याएको ५० लाख बराबरको ओरियन्स कम्पनीको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

उनका अनुसार भदौ महिनामा मात्र १४ लाख मूल्य बराबरको ओरियन्स कम्पनीको सामान बरामद गरी भन्सारमा बुझाइएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : २३ बजे

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान