राष्ट्रियसभामा जान तयार छु, पूर्वनिर्णय कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष गौतम « Khabarhub

राष्ट्रियसभामा जान तयार छु, पूर्वनिर्णय कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष गौतम


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभामा जान तयार भएको बताएका छन्।

पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको उनको भनाइ छ ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी अनुसार राष्ट्रियसभाको रिक्त पदमा गौतम जान तयार भएका हुन्।

“पार्टीको संस्थागत निर्णय मान्न तयार हुनुहुन्छ। कार्यदलले पनि सरकारले पार्टीको निर्णयअनुसार निर्णय लिने सुझाव दिएको छ”, सुवेदीले भने।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिँदै आएका छन्।

१४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो।

तर, अहिले विवाद समाधान सुझाव प्रस्तुत गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष द्वय ओली र पुष्पकमल दाहाललाई बुझाइएको छ।

आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ । राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा पनि ठोस निर्णय हुने बुझिएको छ ।

गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भएपनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्री छन्। तर, खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित नगरे उनको पद स्वतः जाँनेछ।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।

संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो।

सोही समयदेखि उक्त पद खाली रहेको छ। भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : १२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध