दक्षिण कोरियाको कार निर्यातमा वृद्धि « Khabarhub

दक्षिण कोरियाको कार निर्यातमा वृद्धि


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाको कार निर्यात बढेको छ ।

कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।

तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको कोरियाको भन्सार कार्यालयले जनाएको छ ।

निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ ।

चार पाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ ।

मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको छ ।  तर रूस, साउदी अरब तथा स्पेनमा भने निर्यातमा दुई अङ्कले कमी आएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ४० बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’