नवलपुरमा दुईसहित थप चार संक्रमितको मृत्यु « Khabarhub

नवलपुरमा दुईसहित थप चार संक्रमितको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भई  ७ गते प्रतिष्ठानमा भर्ना गरिएको  गरिएको हो ।

वृद्धमा मुटु सम्बन्धी पूरानै समस्या रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा   १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : २५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका