नवलपुरमा दुईसहित थप चार संक्रमितको मृत्यु | Khabarhub Khabarhub

नवलपुरमा दुईसहित थप चार संक्रमितको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भई  ७ गते प्रतिष्ठानमा भर्ना गरिएको  गरिएको हो ।

वृद्धमा मुटु सम्बन्धी पूरानै समस्या रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा   १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : २५ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त