खेत जोत्ने ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु « Khabarhub

खेत जोत्ने ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका-८ को दार्जिलिङ हाइटमा खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको जनाएको छ। उनी सोही ट्रयाक्टरका चालक हुन्।

दुर्घटना शनिबार बिहान १० बजेको समयमा भएको हो।

दुर्घटनाको खबर लगत्तै सोही क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीहरूले उद्धार गरी गम्भीर घाइते भएका सुवाललाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याएका थिए।

उपचारको क्रममा उनको मृत्यु भएको हो। परिसर प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले खेत जोत्ने हाते ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर लैजाँदा गर्दा अनियन्त्रित भइ दुर्घटना भएको पाइएको बताए।

सोही ट्रयाक्टर पल्टिँदै जाँदा ट्रयाक्टरमा रहेको फालीले सुवालको घाँटी लगायत शरीरको विभिन्न भागमा गम्भीर चोट परेको पाइएको पनि प्रवक्ता गिरीले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ३१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने