किसानलाई बाली भित्र्याउने चटारो (फोटो फिचर) « Khabarhub

किसानलाई बाली भित्र्याउने चटारो (फोटो फिचर)


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीले महान चाड दशैँको बिदाइ गरेका छन् । अर्को चाड तिहार तथा छठ नजिकिँदैछ । यही बेलामा किसानलाई बाली भित्र्याउने चटाराले छोइसकेको छ ।

धान काट्ने तथा थन्क्याउने काम जारी छ । कोदो बाली पनि भित्र्याउने बेला भएको छ । यति बेला किसान खेतबारीमै आफूले लगाएको अन्न भित्र्याउन भ्याइनभ्याइ काम गरिरहेका छन् ।

तस्वीरमा हेर्नुहोस् विभिन्न क्षेत्रमा बाली भित्र्याउन व्यस्त किसान

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा धान भित्रयाउँदै कृषक र पृष्ठिभूमिमा देखिएको गुर्जा हिमाल ।
देखतभूलीका स्थानीय किसान पशुलाई परालको आहारापछिसम्म खुवाउनका लागि परालको टौवा बनाउँदै ।
शुक्लाफाँटा नगरपालिकाको वन्साहाका बालबालिका पराल बोकेर गन्तव्यमा जाँदै । गाईगोरुलाई चारोका रुपमा पराल खुवाइने गरिन्छ ।
सिसैयाका किसान धान थ्रेसिङ गर्नका लागि खेतबाट डनलवमा ल्याइएको धानको कुन्यु लगाउँदै ।
बागलुङको गलकोट नगरपालिका–७ मल्मकी महिला बारीमा कोदो काटदै । किसानलाई यतिबेला धान र कोदो भित्राउने चटारो छ ।
मेशिनबाट धान काटदै ओखलढुङगाको टोक्सेलका एक किसान । गाउँपालिकाको सहयोगमा गाउँमा आधुनिक मेशिन उपलब्ध गएपछि पहाडका किसानले पनि मेशिनको प्रयोग गरेर बालीभित्रयाउन थालेका छन ।
तनहुँको व्यास नगरपालिका–५ साँगेमा धान काटदै महिला । जिल्लाका अधिकांश स्थानमा धान पाकेपछि कृषक धान काटन व्यस्त छन ।
तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेका कृषक धान झार्दै । पाकेको धान काटेर थन्क्याउन कृषक व्यस्त छन ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङगमा कोदोको बाला काटदै महिला ।
नलगाड नगरपालिका–८ स्वारामा कृषकले लगाएको गहत बाली भित्रयाउँदै । यहाँका अधिकांश कृषक दालको रुपमा गहत खाने गर्दछन ।
डनलपमा पराल बोकेर लैजाँदै किसान । पछिल्लो समय यो परम्परागत सवारीसाधन लोप हुँदै गएको छ । थे्रसरको सहयोगमा खेतमै धान दाउने र यसरी पराल र धान बोकेर घर लैजाँने गरिन्छ ।
भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुका किसान धान काटदै ।
भक्तपुुर जिल्लाको मध्यपुुर ठिमी नगरपालिकको बोडेमा भित्रयाएको धान सुुकाउँदै महिला ।
सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङखलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ ।
पाल्पा रामपुर नगरपालिका वडा नं ५ स्थित राङभाङग खेतमा धान काटदै कृषक । अहिले कृषकलाई खेतबारीमा पाकेको धान काटने चटारो छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा धान भित्रयाउँदै कृषक र पृष्ठिभूमिमा देखिएको गुर्जा हिमाल ।

तस्वीर : रासस

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : २६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा