भिरबाट लडेर महिलाको मृत्यु « Khabarhub

भिरबाट लडेर महिलाको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बाख्रा घर आए पनि शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी पक्राउ

अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा ढकारी –७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् ।

पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी –३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाहीका लागि जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ३१ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल