कर नतिरेपछि होडिङ बोर्ड हटाउन शुरु « Khabarhub

कर नतिरेपछि होडिङ बोर्ड हटाउन शुरु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा वार्षिक रु पाँच लाख १० हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको भएपनि विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेटअनुसार कर नबुझाएपछि यस्ता विज्ञापनयुक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिए ।

नगरपालिकाले आर्थिक ऐनमा व्यवस्था भएअनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचारप्रसार गर्नका लागि वितरक वा पसलको नाम समेटेर आफ्नो विज्ञापन गरिरहेको र यसले नगरमा प्रदूषणसमेत बढिरहेको छ ।

हाल नगरपालिकाले विभिन्न मदिराजन्य पदार्थका बोर्ड, विभिन्न कम्पनीका उत्पादनसहितका बोर्ड हटाइएको छ । यस कार्यलाई निरन्तरता दिँदै काम अगाडि बढाइने जनाइएको छ । बाँकी रहेका कम्पनीहरुले तत्काल तिर्नुपर्ने शुल्क तिरे बोर्ड राख्न पाइने जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : १५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी