कर नतिरेपछि होडिङ बोर्ड हटाउन शुरु « Khabarhub

कर नतिरेपछि होडिङ बोर्ड हटाउन शुरु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा वार्षिक रु पाँच लाख १० हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको भएपनि विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेटअनुसार कर नबुझाएपछि यस्ता विज्ञापनयुक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिए ।

नगरपालिकाले आर्थिक ऐनमा व्यवस्था भएअनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचारप्रसार गर्नका लागि वितरक वा पसलको नाम समेटेर आफ्नो विज्ञापन गरिरहेको र यसले नगरमा प्रदूषणसमेत बढिरहेको छ ।

हाल नगरपालिकाले विभिन्न मदिराजन्य पदार्थका बोर्ड, विभिन्न कम्पनीका उत्पादनसहितका बोर्ड हटाइएको छ । यस कार्यलाई निरन्तरता दिँदै काम अगाडि बढाइने जनाइएको छ । बाँकी रहेका कम्पनीहरुले तत्काल तिर्नुपर्ने शुल्क तिरे बोर्ड राख्न पाइने जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : १५ बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन