६४ जुवाडे पक्राउ « Khabarhub

६४ जुवाडे पक्राउ


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीको जोशीपुर गाउँपालिका-१ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञ बहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत २९ जनालाई नगद २ लाख ५१ हजार ४ सय रुपैयाँ र ८ गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका-१० चोकमैदान हानहटिया बस्ने सूर्य कुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जनालाई पनि नगद ४८ हजार २ सय ७० रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३ सय ८५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी महोत्तरीको मनराशिश्वा नगरपालिका-७ बासघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद कुमार साह समेत ३ जनालाई नगद ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँ र ९ थान कौडा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सलपल्लो र ईलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : १२ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत