प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित « Khabarhub

प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ मा शनिबार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना गरी २२२ जना कोरवना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन्। मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनवर्षी, लेटाङ र जहदामा २-२, केराबारी, रंगेली र बेलबारीमा १-१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १-१ जना, झापाको दमक र बिर्तामोडमा ६-६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २-२, हल्दीबारी र शिवसताक्षीमा १-१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

इलामको इलाम, माई र चुलाचुलीमा १-१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ।

प्रदेश १ शनिबार ३२ जना डिस्चार्ज भएका छन्। होटल एशियाटिक आइसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्यूरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आइसोलेशन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ।

प्रदेश १ मा शनिबार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १०५ महिला र १ सय १७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ४० बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत