ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस « Khabarhub

ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् ।

सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) जुस बनाउने कामसमेत शुरु गरिएको छ । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।

उनले भने, “वास्तवमा साना सुन्तला जुन बिक्री हुदँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन् त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।”

जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ । जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।

तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । बाइस जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने एउटा जुसर मेसिन रातोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अब सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको प्रमुख बस्नेत जानकारी दिए।

अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिए । सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्याउने अभियानमा लागेको कृषक ओलीले बताए । उनले भने, “सुन्तला बिक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ ।”

त्यस्तै अर्का अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।”

कृषक अब व्यापारी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण र लाभग्राहीको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरी परियोजना कार्यान्वयन एकाइमा जोन स्थापनाका लागि सूचीकृत भएका निश्चित क्षेत्रभित्रका संस्थाको प्रतिनिधित्व हुने गरी नौ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ ।

जनसिद्धि कृषि सहकारी संस्था कुशे गाउँपालिका–५ दम्दालाका लोकेन्द्र वलीको संयोजकत्वमा समन्वय समिति गठन भएको हो ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, कृषक समूह, सहकारी, उद्यमी आदिको विवरण अध्यावधिक गर्ने, कृषकको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाका सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ ।

त्यस्तै योजना तर्जुमा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा परियोजना कार्यान्वयन एकाइलाई सहजीकरण गर्नेलगायतका कार्य गर्ने जोन प्रमुख बस्नेतको भनाइ छ । सुन्तला जात फलफूल जोनको कार्यक्षेत्र रहेका चार वटा स्थानीय तह कुशे गाउँपालिका, नलगाँड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका कृषकलाई सक्रिय बनाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ३५ बजे

धुम्मियो काठमाडौं, केही स्थानमा पानी पर्‍यो (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन– ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य