देशभर २४ घण्टामा ५३४ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ५३४ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ३१२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २२५ , ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका हुन ।

नयाँ थपिएका संक्रमितसहित हालसम्म काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख २० हजार ३३८ पुगेको छ ।

थप ४४७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३५९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप थप ९ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ४ : १६ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका