एउटै गाउँमा डेढ करोडका सुन्तला « Khabarhub

एउटै गाउँमा डेढ करोडका सुन्तला


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् ।

यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्याधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् ।

बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औँशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए ।

गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ ।

‘यो वर्ष थप बगैँचा विस्तार भएका कारण रु साढे दुईदेखि तीन करोडका सुन्तला बिक्री हुने अपेक्षा गरेका थियौँ’, कृषक खड्काले भने, ‘मौसम राम्रो नभएका कारण केही सुन्तला उत्पादनमा कमी आए पनि रु डेढ करोडभन्दा बढी रकम यस वर्ष पनि सिगानामा भित्रिनेछ ।’

सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउँछन् ।

‘डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैन’, खड्काले भने, ‘१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ ।’

अहिले शीतभण्डारमा राखिएका सुन्तला चैतमा मात्रै महङ्गो मूल्यमा बिक्री वितरण गरिँदै आइएको छ । यहाँका सुन्ताला बोटबाटै समेत बिक्री हुँदै आएका छन् ।

सुन्तलाको पकेट क्षेत्रकारूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

वडा कार्यालयले सुन्तला उत्पादन भएअनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आकलन गरेको छ ।

सिगानामा अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ । सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट रु २५ हजारदेखि रु पाँच हजारसम्मका सुन्तला उत्पादन हुन्छन् ।

बानपा–८ का वडाध्यक्ष राजन जिसीका अनुसार वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ ।वितरण गरेको बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिन थाल्नेछन् ।

‘वडा कार्यालयले दिएका बिरुवाको उत्पादन हुने समय भएको छैन, सामान्यतया सुन्तलाका बोटले उत्पादन दिन चार वर्ष लाग्छ’, अध्यक्ष जिसीले भने, ‘अहिले उत्पादन भइरहेका सुन्तला व्यक्तिगतरूपमै अग्रसरता लिएर किसानले आफैँले लगाएका हुन् ।’

तीन वर्षपछि सिगानामा कम्तीमा रु पाँच करोडको सुन्तला निर्यात हुनेछ ।

वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ भने सुन्तला लगाउँदा गुमेको कृषि उपज बराबरको रकमसमेत बागलुङ नगरपालिकाले दिने गरेको छ ।

नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक रु एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।

उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन/चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : १५ बजे

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु