‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’ « Khabarhub

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् ।

स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताए ।

“जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उनले भने । वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उनले लगाए ।

विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जनता र जनप्रतिनिधिबीच राम्रो समन्वय भएकाले स्थानीय तहले विकासनिर्माणमा राम्रो फड्को मारेको विचार उनले व्यक्त गरे ।

वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामालगायतले गोकर्णेश्वरको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वरको विकासका बारेमा तयार पारिएको खाका प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ५४ बजे

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ