२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।  जसमध्ये पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को पर्सामा २, बारामा १, रौतहटमा १, सप्तरीमा २ र सर्लाहीमा २ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा १३४, काभ्रेमा १, चितवनमा १३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ८, रसुवामा ११, ललितपुरमा १८ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा ३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १, म्याग्दीमा १, लमजुङमा २, बागुलङमा १ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ४, दाङमा १९, नवलपरासीमा ६, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ४, बाँकेमा २३, रुपन्देहीमा १२ र रोल्पामा १ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम र सुर्खेतमा १-१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरामा ४, दार्चुलामा ४ र बाजुरामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ३७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको