संसद विघटनको विरोधमा ‘दाहाल-नेपाल’ समूहद्वारा प्रदेश २ मा आन्दोलन घोषणा  « Khabarhub

संसद विघटनको विरोधमा ‘दाहाल-नेपाल’ समूहद्वारा प्रदेश २ मा आन्दोलन घोषणा 


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहले प्रदेश नं २ मा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आठबुँदे निर्णय गर्दै २ नम्बर प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेसँंगै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक नरहेको जनाउँदै आन्दोलनको विकल्प नरहेको बताए ।

पूर्वमन्त्री पोखरेलले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनको उपलब्धिस्वरुप प्राप्त सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशितासहितका उपलब्धिको रक्षार्थ आन्दोलन आवश्यक रहेकामा जोड दिए ।

आफैँले प्रतिनिधिसभा विघटन गरी मन्त्रिमण्डल पुनःगठन तथा विभिन्न पदमा नियुक्तिलगायत कार्य सुहाउँदो नभएको विचार व्यक्त गरे ।

नेकपा प्रदेश कमिटीको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइञ्चार्ज विश्वनाथ साहका संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको अर्का प्रदेश सहइञ्चार्ज महेन्द्र पासवानले जानकारी दिए ।

समितिले यही पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

आन्दोलन सँगसँगै जनसङ्गठनका कामको व्यवस्थापन र सञ्चालन गर्ने बताउँदै नेकपाले प्रचारप्रसारसम्बन्धी व्यवस्थापनको जिम्मेवारी प्रदेश कार्यालयलाई दिइएको जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ३९ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न