किन हिन्दुले गाईको पुजा गर्छन् ? यस्तो छ महत्व « Khabarhub

किन हिन्दुले गाईको पुजा गर्छन् ? यस्तो छ महत्व


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पौराणिक कथाका अनुसार देवता र असुरबीच भएको समुन्द्र मन्थनमा निस्किएका १४ रत्न मध्ये एक कामधेनु गाई रहेको थियो । तसर्थ धार्मीक परम्परा अनुसार पूर्व वा दक्षिणपूर्व दिशामा जमीनमा गाईको प्रतीक राखेमा सम्पुर्ण दुःख, मनको समस्या एवम् चिन्ता नष्ट भएर जाने र सकारात्मक परिणाम प्राप्त हुने धार्मीक मान्यता रहेको छ ।

वास्तुशास्त्र अनुसार परिवारमा सुख सौभाग्य वृद्धि गर्न गाईको महत्व विशेष रहने गरेको छ । यसमा पनि बाछालाई दूध ख्वाउदै गरेको गाईको तस्बिर वा प्रतिमा घरमा स्थापित गरेमा योग्य सन्तान प्राप्ति हुने र मातापिता र सन्तानबीच परस्पर प्रेम रहने छ । यसका अलावा पढाईमा एकाग्रताकालागी विद्यार्थीको अध्यन गर्ने टेबलमा गाईको प्रतीक राख्नु राम्रो मानिन्छ ।

हिन्दू शास्त्र, वेद, रामायण, महाभारत, श्रीमद् भागवद् गीतामा समेत गाईको कुनै न कुनै प्रसंग उल्लेख छ । गाई, भगवान श्रीकृष्णलाई अत्यन्त प्रिय रहेको छ । गाई पृथ्वीको प्रतीक मानिन्छ । गाईमा सबै देवीदेवता विद्यमान रहने भएकाले गौमाता भनिन्छ ।

सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतुका साथै वरुण, वायुआदि देवताको यज्ञमा दिइने प्रत्येक आहुति गाईको घीउबाट दिने परम्परा छ । साथै वैतरणी पार गर्न पनि गौ दान गर्ने प्रथा रहेको छ । श्राद्ध कर्ममा पनि गाईको दूधको खिर प्रयोग गरीन्छ । यस खिरबाट मात्र पितृ तृप्ति हुने मान्यता छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ५५ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता