किन हिन्दुले गाईको पुजा गर्छन् ? यस्तो छ महत्व « Khabarhub

किन हिन्दुले गाईको पुजा गर्छन् ? यस्तो छ महत्व


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पौराणिक कथाका अनुसार देवता र असुरबीच भएको समुन्द्र मन्थनमा निस्किएका १४ रत्न मध्ये एक कामधेनु गाई रहेको थियो । तसर्थ धार्मीक परम्परा अनुसार पूर्व वा दक्षिणपूर्व दिशामा जमीनमा गाईको प्रतीक राखेमा सम्पुर्ण दुःख, मनको समस्या एवम् चिन्ता नष्ट भएर जाने र सकारात्मक परिणाम प्राप्त हुने धार्मीक मान्यता रहेको छ ।

वास्तुशास्त्र अनुसार परिवारमा सुख सौभाग्य वृद्धि गर्न गाईको महत्व विशेष रहने गरेको छ । यसमा पनि बाछालाई दूध ख्वाउदै गरेको गाईको तस्बिर वा प्रतिमा घरमा स्थापित गरेमा योग्य सन्तान प्राप्ति हुने र मातापिता र सन्तानबीच परस्पर प्रेम रहने छ । यसका अलावा पढाईमा एकाग्रताकालागी विद्यार्थीको अध्यन गर्ने टेबलमा गाईको प्रतीक राख्नु राम्रो मानिन्छ ।

हिन्दू शास्त्र, वेद, रामायण, महाभारत, श्रीमद् भागवद् गीतामा समेत गाईको कुनै न कुनै प्रसंग उल्लेख छ । गाई, भगवान श्रीकृष्णलाई अत्यन्त प्रिय रहेको छ । गाई पृथ्वीको प्रतीक मानिन्छ । गाईमा सबै देवीदेवता विद्यमान रहने भएकाले गौमाता भनिन्छ ।

सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतुका साथै वरुण, वायुआदि देवताको यज्ञमा दिइने प्रत्येक आहुति गाईको घीउबाट दिने परम्परा छ । साथै वैतरणी पार गर्न पनि गौ दान गर्ने प्रथा रहेको छ । श्राद्ध कर्ममा पनि गाईको दूधको खिर प्रयोग गरीन्छ । यस खिरबाट मात्र पितृ तृप्ति हुने मान्यता छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ५५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब