हात्ती परिचालन गरेर बाघको खोजी « Khabarhub

हात्ती परिचालन गरेर बाघको खोजी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहुँदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक ८ गते  स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छैन ।

बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको थारूको भनाइ छ ।

आक्रमण गर्ने वन्यजन्तुको पहिचान र नियन्त्रणको लागि घटना भएको क्षेत्रमा पाँच सयदेखि एक किलोमिटर क्षेत्रको फरकमा नौ थान ‘क्यामेरा’ जडान गरिए पनि क्यामेरामा जङ्गली जनावर नदेखिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए ।

बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायःजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रूपमा वनजङ्गल नजिक नजान अनुरोध गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले बताए ।

उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानूनबमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गरे ।

आगामी दिनमा बाघका कारण हुनसक्ने जोखिम न्यूनीकरण र मध्यवर्ती क्षेत्रका नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्थानीय र सरोकारवाला निकायसँग छलफल गरिएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : २७ बजे

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका