म्यानमारमा सैन्य प्रवेश निन्दनीय : कांग्रेस « Khabarhub

म्यानमारमा सैन्य प्रवेश निन्दनीय : कांग्रेस


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनामा विरोध गरेका छन् । नेतृ आङ सान सूचीसहित राष्ट्रपति र शीर्ष नेतालाई सेना नियन्त्रणमा लिएकोमा प्रवक्ता शर्माले विरोध जनाएका हुन् ।

सोमवार एक ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको समेत बताए । उनले निर्वाचनको निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको समेत टिप्पणी गरेका छन् ।

साथै उनले रोहिङ्या सामुदायमाथि भएको व्यवहारलाई पनि सम्झिएका छन् ।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्- ‘निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनिय ! यधपी रोहिङ्या समुदायमाथि सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो । तर, मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो । हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् या परदेशमा ।’

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : ४० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको