कचनकवलमा आगलागी हुँदा एक वृद्धको मृत्यु « Khabarhub

कचनकवलमा आगलागी हुँदा एक वृद्धको मृत्यु


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कचनकवल १ मा सोमबार बिहान भएको आगलागीबाट एक वृद्धको मृत्यु भएको छ ।

बिहानको करिव १ बजे तिर कचनकबल गाउँपालिका वडा नं. १ घेराबारीका गोबर्धन राजबंशीको घरमा अचानक आगलागी भएको हो ।

आगलागीमा परी घर धनी करिव ६० वर्षीय गोबर्धन राजबंशीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगोलागीबाट काठको खम्बा टिनको बेरा र टिनको छानो भएको १ तले घरसहित भान्सा घर र अर्को कच्ची घरसमेत जलेर नष्ट भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

आगोलागीमा परी १ माउ गाई, २ वटा बाछा र ३ वटा बाख्रासमेत मरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ०६ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको