२ घण्टापछि सर्‍यो प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक « Khabarhub

२ घण्टापछि सर्‍यो प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय समितिको बैठक २ घण्टा पछि सरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो एक बजेलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

यता नेकपाको ओली पक्षले भने प्रचण्ड–माधव पक्षले बोलाएको केन्द्रीय कमिटि बैठक आधिकारिक नहुने बताएको छ।

महासचिव विष्णु पौडेलले कुनै पनि बैठक नबोलाएको भन्दै ओली समूहले विज्ञप्ति जारी गरेको छ।

केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा नेकपाको केन्द्रीय कमिटी बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्वारा बोलाइने वैधानिक व्यवस्था रहेको भन्दै केन्द्रीय कमिटि बैठक बोलाइएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ३५ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको