सभामुखले राष्ट्रिय सभाको अपमान गरेको अध्यक्ष तिमिल्सिनाको आरोप (भिडियोसहित) « Khabarhub

सभामुखले राष्ट्रिय सभाको अपमान गरेको अध्यक्ष तिमिल्सिनाको आरोप (भिडियोसहित)


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएकोमा विरोध जनाएका छन् ।

अध्यक्ष तिमल्सिनाले सभामुखको कदमले राष्ट्रियसभाको गरिमामा प्रहार भएको आरोप लगाएका छन् । सभामुखको पत्रमा संघीय संसद र संसदीय समितिहरुको सञ्चालन, व्यवस्थापन समेतको अधिकार आफूमा निहित भएको भन्ने व्यहोरामा उनले आपत्ति प्रकट गरेका हुन् । उनले भने, ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो ।’

अध्यक्ष तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रप्रति आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी गत पुस ३ गते बैठक राखेर विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि ४५ जनाको नाम सिफारिस गरेका थिए ।

हेरौँ भिडियो

बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको बैठकमा नियुक्तिको सिफारिस गरेको थियो ।

सभामुख सापकोटाले भने नियुक्ति सिफारिससम्बन्धी पत्र आइतबार संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ५८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले