प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस भ्रातृ संस्थाद्वारा देशभर प्रदर्शन (भिडियोसहित) « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस भ्रातृ संस्थाद्वारा देशभर प्रदर्शन (भिडियोसहित)


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका भ्रातृ संस्थाले  प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकत्रान्त्रिक भएको भन्दै ७७ वटै जिल्लामा प्रदर्शन गरेका हुन् ।

हेरौँ  भिडियो

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

यसैक्रममा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले काठमाडौंमा संयुक्त प्रदर्शन गरेको थियो ।

काठमाडौंको रत्नपार्कमा भएको सभामा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सडकबाट प्ररास्त गर्नुपर्ने बताए ।

उनले संसद पुनर्स्थापना हुने भन्दै ओलीले बालुवाटार छाड्ने बेला आएको धारणा राखे । पार्टीको झगडा नमिलाएर ओलीले संसद भंग गरेर जनताको म्यान्डेडलाई अपमान गरेको उनले बताए ।

अब माघ ३० गते जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ०१ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स