वेब सिरिजमा ‘डेराको जिन्दगी’ « Khabarhub

वेब सिरिजमा ‘डेराको जिन्दगी’


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा वेब सिरिज ‘डेराको जिन्दगी’ निर्माण हुने भएको छ । सिरिजको सोमबार भद्रकाली मन्दिरमा मुहुर्त गरेसँगै छायांकन सुरु भएको छ ।

निर्देशक अधिकारीका अनुसार वेब सिरिजमा देशका विभिन्न स्थानबाट आई काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरबेटीको आफ्नै व्यथालगायतका विषय उठान गरिनेछ । मन्सामन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्मातामा राजाराम गौतम र सह–निर्माता सचित शाह छन् ।

हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल, सुयोग्य श्रेष्ठ, निक शर्मा, रिया श्रेष्ठ, संजिता भण्डारी, सान अधिकारी, राजाराम गौतम, सोनी विक, सूर्यकला दाहाल, गोकुल सुवेदी, सपना श्रेष्ठ, बिन्दिया शाही, शिवन लामा, सरोज दाहालसहित बालकलाकार अरुण कालीराजको अभिनय छ ।

५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी सहायक निर्देशक रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायाकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज मन्सामन्शी क्रियशनको युट्युवमार्फत सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : ३० बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार