दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित « Khabarhub

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा अस्पताल संकटमा गुज्रँदै गएको छ । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट संघ मातहतमा राखिएपछि झनै संकटमा परेको छ ।

सो अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । यहाँ अहिले छात्रवृत्ति र करारमा गरी १२ मात्रै विशेषज्ञ चिकित्सक रहेका अस्पतालका निमित्त प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।
“अस्पतालमा तीनजना विशेषज्ञ चिकित्सक मेडिकल अधिकृतको दरबन्दीमा छौँ, नौजना चिकित्सक छात्रवृत्ति र करारमा काम गरिरहेका छन्”, उनले भने ।

हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भए पनि चारजना मात्र रहेका डा विष्टले बताउनुभयो । तीस स्टाफ नर्समध्ये सातजना मात्र कार्यरत अस्पतालमा पछिल्लो करारबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको छ । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनले बताए ।

दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन् । टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिए पनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ५७ बजे

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,