मंगलबारदेखि बेँसीशहर–चामे सडक तीन दिन बन्द हुने « Khabarhub

मंगलबारदेखि बेँसीशहर–चामे सडक तीन दिन बन्द हुने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ ।

लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि मंगलबार बिहान १० : ०० देखि बिहीबार राति १० : ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका– ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

उनले भने, “डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयबाट प्रशासनलाई उक्त सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाएर निर्माण कार्य अगाडि बढाउन र सहज बनाउन अनुरोध गरेसँगै निर्माण कार्यलाई मध्यनजर गर्दै उक्त समय बन्द गर्न लागेका हौँ ।”

डुमे्र–बेँसीशहर–चामे सडक योजना कार्यालयका इन्जिनीयर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पीसीसी) कार्य गरिने भएको छ ।

नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क