मंगलबारदेखि बेँसीशहर–चामे सडक तीन दिन बन्द हुने « Khabarhub

मंगलबारदेखि बेँसीशहर–चामे सडक तीन दिन बन्द हुने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ ।

लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि मंगलबार बिहान १० : ०० देखि बिहीबार राति १० : ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका– ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

उनले भने, “डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयबाट प्रशासनलाई उक्त सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाएर निर्माण कार्य अगाडि बढाउन र सहज बनाउन अनुरोध गरेसँगै निर्माण कार्यलाई मध्यनजर गर्दै उक्त समय बन्द गर्न लागेका हौँ ।”

डुमे्र–बेँसीशहर–चामे सडक योजना कार्यालयका इन्जिनीयर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पीसीसी) कार्य गरिने भएको छ ।

नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : २४ बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने