सोमबारसम्म १ लाख १३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप  « Khabarhub

सोमबारसम्म १ लाख १३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप 


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज छैटौँ दिनसम्म १ लाख १३ हजार १७५ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

पहिलो चरणको खोप लगाउन अब चार दिन मात्र बाँकी भएकोले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : २२ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता