राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई प्रतिनिधिसभा बैठक आह्वान « Khabarhub

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई प्रतिनिधिसभा बैठक आह्वान


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि आह्वान गरेकी छन् ।

राष्ट्रपतिले अपराह्न ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । सरकारको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

No description available.

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्रअनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्।

त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : २४ बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।