जामाखोला जलविद्युत् आयोजना २ वर्षपछि पुनः सञ्चालनमा « Khabarhub

जामाखोला जलविद्युत् आयोजना २ वर्षपछि पुनः सञ्चालनमा


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनर्निर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनर्निर्माण गरी सञ्चालन गरिएको हो ।

शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको रू. दुई करोड १३ लाख र जनश्रमदान गरी करीब रू. चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिराले क्षति गरेपछि अवरुद्ध भएको थियो ।

विद्युत् गृहको माथिबाट आएको पहिराले विद्युत् गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणको विद्युत् उपभोग गरेका थिए ।

अहिले करीब रू. ४० लाखको बजेटमा विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको रुकुमपूर्व, जामाखोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए । उनका अनुसार विद्युत् सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।

आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । अवरुद्ध विद्युत् सेवा पुनर्निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ४५ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक