प्रचण्ड–नेपाल समूहले यसअघि दर्ता गरिएको अविश्वास प्रस्ताव अघि नबढाउने « Khabarhub

प्रचण्ड–नेपाल समूहले यसअघि दर्ता गरिएको अविश्वास प्रस्ताव अघि नबढाउने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने भएकाले पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव के होला ? भन्ने चासो व्याप्त भैरहेका बेला प्रचण्ड–नेपाल समूहले अघि नबढाउने निर्णय गरेको हो । फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेपछि यसलाई निकै चासोका साथ हेरिएको थियो ।

राजनीतिक र कानूनी समस्याका कारण प्रचण्ड–नेपाल समूह अघि बढ्न नसकेको हो । संसद विघटनको अवधिलाई सर्वोच्चले शून्य समय मानेको छ ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने भएकाले यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने नेकपाको निष्कर्ष छ । अब नयाँ ढंगले अविश्वास प्रस्तावका विषयमा अरु दलसँग छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नयाँ पृष्ठभूमिमा अविश्वासको प्रस्ताव वा सरकार परिवर्तनको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ४२ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा