पतन नहुँदासम्म केपी ओलीले गडबड र षड्यन्त्र गरिरहन्छन्: दाहाल « Khabarhub

पतन नहुँदासम्म केपी ओलीले गडबड र षड्यन्त्र गरिरहन्छन्: दाहाल


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा सोमबार भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले ओलीले नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्चले हराइदिएको छ, अर अझ बलियो भयौँ भनेर हिँडिरहनु भएको छ, कसरी बलियो भइयो ?’ उनले भने, ‘राजीनामा दिनु कता हो कता, अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ, अब देखाउन के बाँकी छ र ?’

प्रधानमन्त्री ओलीले देखाइदिन्छु भनेको संकटकाल लगाउँछु भन्ने खोजेको हो कि भन्दै दाहालले भने, ‘उहाँ त अहिले पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक रुपमा उहाँको प्रतिगमनलाई सर्वोच्चले खारेज गरेपछि उहाँ प्रधानमन्त्री पदमा एक क्षण बस्न लायक पनि हुनुहुन्न ।’

ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दै अझै पनि आफूतिर मानिसहरुलाई तान्न खोजिरहेको आरोप लगाउँदै दाहालले भने, ‘प्रतिक्रियावादीहरु षड्यन्त्र गर्छन्, सफल हुँदैनन्, फेरि बेइमानी, षड्यन्त्र गर्छन् सफल हुँदैनन् । जबसम्म पतन हुँदैनन् तबसम्म षड्यन्त्र र गडबड गर्छन् । केपी ओली पनि यही बाटोमा हिँडेका छन् । ओली प्रतिक्रियावादी पात्रको एउटा रुप हो ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ४४ बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन