काठमाडौँको ‘स्मार्ट सिटी’ तीव्रताका साथ अगाडि बढाउन मन्त्री साहको निर्देशन « Khabarhub

काठमाडौँको ‘स्मार्ट सिटी’ तीव्रताका साथ अगाडि बढाउन मन्त्री साहको निर्देशन


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा नयाँ स्मार्ट सिटी निर्माणको प्रगतिका बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणसंग छलफल गर्दे मन्त्री साहले नयाँ स्मार्ट सिटी निर्माणलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटी तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

यसअघिका आयोजना समयमा नै निर्माण हुन नसक्दा जनतामा निराशा छाएको भन्दै उहाले अधिकतम रुपमा जनताको सहभागिता गराउनुपर्ने उल्लेख गरे ।

नयाँ नगरले काठमाडौं उपत्यकाको स्वरुप बदलिने र भद्रगोल शहरीकरणलाई व्यवस्थीत शहरीकरण गर्न पनि योजना महत्वपूर्ण हुने उनले बताए । त्यस्तै मन्त्री साहले उपत्यकाबाहिर पनि १० वटा नयाँ शहर निर्माणमा सरकार अघि बढेको जानकारी दिए ।

काठमाडौंमा बन्न लाागेको नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । नयाँ शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’, र उत्तर काठमाडौं नाम दिइएको छ । स्मार्ट सिटी ४ देखि ६ बर्षसम्ममाा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । नयाँ शहरमा पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : २५ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा