सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन रोकेको सञ्चारमन्त्रीको दावी « Khabarhub

सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन रोकेको सञ्चारमन्त्रीको दावी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजीनामा गर्न नमिल्ने दावी गरेका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले संवैधानिक र नैतिकताको हिसाबले आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने बताए ।

‘सार्वभौम जनता र संसदीय प्रणालीबाट निर्वाचित प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु तपाईंको दायित्व हो । त्यो तपाईंको जिम्मेवारी र नैतिकताको विषय हो ।’ भनेर सर्वोच्चले गरेको फैसलाको पृष्ठ नौमा उल्लेख भएको मन्त्री गुरुङले बताए ।

उनले भने, ‘अहिले जसले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भनिरहेका छन् । यस्तै किसिमको विषय उठाउने हो भने उहाँहरुले राजनीतिबाटै सन्यास लिएको राम्रो हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई नैतिकताको पाठ सिकाउनेहरुले आफू कुन राजनीतिक धरातलमा उभिएको छु भनेर विचार गर्न आवश्यक रहेको उनले बताए ।

सर्वोच्चको फैसलाअनुसार पनि प्रधानमन्त्री ओलीले अहिले राजीनामा नगर्ने उनको भनाइ छ । संसद बैठक आव्हान भइसकेकाले प्रधानमन्त्री ओलीले त्यसैअनुसार संसदीय व्यवस्थामा रहेर आगामी दिनमा फैसाला गर्ने उनले बताए ।

यस्तै, मन्त्री गुरुङले विप्लव नेतृत्वको नेकपा मूलधारको राजनीतिमा आउने प्रक्रियामा रहेको र सरकारसँगको वार्ता नजिक पुगेको बताएका छन् ।

सरकारले वार्ताका लागि आव्हान गरेअनुसार केही वार्ता अगाडि बढेको जानकारी दिँदै सकरात्मक नतिजा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘फेरि म विप्लवको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आव्हान गर्न चाहन्छु ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : १० बजे

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु