सातदोबाटोले अपराजित यात्रा कायम राख्दा आरसिटीको साँघुरो जीत « Khabarhub

सातदोबाटोले अपराजित यात्रा कायम राख्दा आरसिटीको साँघुरो जीत


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले साँघुरो जीत निकाल्दै अपराजित यात्रा कायमै राखेको छ ।

सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई जीत दिलाउन दोर्जे तामाङले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गरेका हुन् ।

श्री भगवतीका खेलाडीले पेनाल्टी क्षेत्रमा ह्याण्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो । यो जीतसँगै सातदोबाटोले शीर्ष डिभिजनमा उक्लने मौकासमेत बलियो बनाएको छ ।

जीतपछि सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तस्वीर: आरसीटीको टिम/एन्फा

सोमबारै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको गर्‍यो ।

आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले निर्णायक गोल गरेका हुन् ।

जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ । आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ ।

टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : २४ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस