प्रवीण हत्या प्रकरण: एक लाख धरौटीमा छुटे घरधनी रमेश गिरी « Khabarhub

प्रवीण हत्या प्रकरण: एक लाख धरौटीमा छुटे घरधनी रमेश गिरी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका रमेश गिरी धरौटीमा छुटेका छन् ।

गिरीलाई आदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

धमालाका अनुसार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सोमबार भएको थुनछेक बहसपछि उक्त आदेश दिएका हुन् ।

उर्लाबारी–६ का रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार उर्लाबारीबाट पक्राउ गरेको थियो ।

गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले प्रवीणको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ३९ बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले