सभामुख र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता « Khabarhub

सभामुख र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हालेकी नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गरे ।

उनले अस्ट्रेलियाको १२० वर्ष लामो सङ्घीयतासम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने बताए ।

सङ्घीय संसद्मा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्नुहुँदै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास गरे ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अस्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गरे ।

राजदूत फेलिसिटीले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवर्धन र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताइन् ।

उनले आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको बताइन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ९ : २७ बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन