टर्कीको अलकायदा समर्थित समूहले नेपालमार्फत दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको नर्डिक मोनिटरको दाबी « Khabarhub

टर्कीको अलकायदा समर्थित समूहले नेपालमार्फत दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको नर्डिक मोनिटरको दाबी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वीडेनको स्टकहोल्ममा रहेको नर्डिक रिसर्च एण्ड मोनिटर नेटवर्कले टर्कीको अलकायदा समर्थित एक समूहले नेपालमार्फत दक्षिण एसियामा आफ्नो सञ्‍जाल विस्तार गरिरहेको दाबी गरेको छ ।

नर्डिक मोनिटरले सार्वजनिक गरेको एक रिपोर्टमा नेपालमा रहेको एक मुस्लिम संस्थामार्फत टर्कीको अलकायदा समर्थित संस्थाले दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको दाबी गरेको छ ।

नर्डिक मोनिटरले टर्कीमा केन्द्रित धार्मिक, वैचारिक र अतिवादी समूहहरूको अध्ययन गर्दै आएको छ ।

रिपोर्ट अनुसार टर्कीमा अलकायदा समूहसँग सम्बन्ध भएको च्यारिटीले स्लामी संघ नेपाल (आईएसएन) नामक स‍ंस्थामार्फत काम गरिरहेको छ ।

“अलकायदासँग सम्बन्ध भएको टर्कीको एक च्यारिटी समूहले जिहादी नेटवर्कलाई बन्दोबस्तीको व्यवस्था विस्तार गर्न इस्लामिक संघ नेपालसँग मिलेर काम गरिरहेको नर्डिक मोनिटरको अनुसन्धानमा देखिएको छ,’ नर्डिक मोनिटरले भनेको छ ।

समाचारमा जनाइए अनुसार ‘द फाउण्डेसन फर ह्युमन राइट्स एण्ड फ्रिडम्स एण्ड ह्युमेनिटरियन रिलिफ’ (आईएचएच) ले भारतसँग सीमाना जोडिएका जिल्लामा कार्यक्रम गरेको र यसले  नेपालको आईएसएनसँग मिलेर कैयन् कार्यक्रमको आयोजना गरेको छ ।

आईएसएनले नेपाल-भारत सीमा क्षेत्रमा रहेका अल्पसंख्यक मुस्लिम समुदायलाई सघाउने बहानामा जिहादी नेटवर्कलाई सघाइरहेको नर्डिक मोनिटरको आरोप छ ।

आईएचएचले सिरियामा रहेका जिहादीलाई सहयोग गरेको समेत नर्डिक मोनिटरले जनाएको छ । उसका अनुसार भारतले असअघि नै आईएसएनको सम्बन्ध जिहादी लडाकुहरूसँग जनाउँदै आएको थियो ।

यो समूहले अवैधरूपमा हतियार ओसारपसार गर्ने गरेको पनि दाबी गरिएको छ ।

आईएचएचले नेपालको प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको नर्डिक मोनिटरले निष्कर्ष निकालेको छ ।

“आईएसएनको सम्बन्ध टर्कीको अतिवादी मुस्लिम समूह आईएचएचसँग मात्र नभएर यो इस्लामिक वर्ल्डको गैरसरकारी संगठनहरूको संघमासमेत आबद्ध छ,” नर्डिक मोनिटरको समाचारमा भनिएको छ ।

यो समूहको सम्बन्ध टर्कीको अर्धसैनिक समूह भनिने सदातसँग पनि रहेको बताइएको छ । सदातको सञ्चालन अद्नान तानारवेदीले गरेको र उनी टर्कीका राष्ट्रपति एर्दोनानका पूर्वप्रमुख सैनिक सल्लाहकार रहेको बताइएको छ । उनले लडाकुहरूलाई सैनिक तालिम दिने गरेकोसमेत समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : १४ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने