एक प्रेरक प्रसङ्ग ‘अपेक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘अपेक्षा’


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मूल बाटोको चौतारीमा एक साधु प्रभु कीर्तनमा मग्न थिए । नजिकबाट राजाको सवारी निस्कियो । साधुले राजाको सवारीप्रति कुनै चासो देखाएनन् ।

राजाले साधुको त्यस्तो उपेक्षालाई आफ्नो घोर अपमान ठाने । उनले क्रोध प्रकट गरे— यी हरितन्नम् मागी खाने जोगीले आफूलाई के ठानेका ? यिनमा साधारण शिष्टाचार पनि छैन ।

राजालाई क्रोधित देखेपछि मन्त्री साधुको नजिक पुगेर भने— हामीले मान्यौँ तपाईं ठूलो भक्त हुनुहुन्छ । तर त्यो भन्दैमा देशका सर्वेसर्वा राजा आफ्नो अगाडिबाट गएको देख्दा पनि नमस्कारसम्म नगर्नु त हदै भयो ।

भक्तले मन्त्रीलाई भने— आफ्नो राजालाई भनिदेऊ, त्यो व्यक्तिबाट मात्रै उनले नमस्कारको आशा गरुन् जुन व्यक्तिलाई राजासँग पनि केही पाउने आशा छ ।

मेरो आवश्यकता परमात्माले पुर्‍याइराखेका छ । मलाई तिम्रो राजासँग केही लिनुदिनु छैन । उनलाई यो पनि भनिदेऊ कि परमात्माले उनलाई लोकहित, प्रजाको सेवा र सुरक्षाका लागि खटाएको हो । प्रजालाई राजाको सेवा र अभिवादन गर्न खटाएको हुँदैन ।

जनताको मन जिते सबैले राजालाई इज्जत दिइहाल्छन् । उनले त मेरो कुशल क्षेम र सुरक्षाको बारेमा पो जिज्ञासा गर्नुपर्ने हो, मबाट उल्टै अभिवादनको आशा गर्नु त अति भो ।’

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ५ : २२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं