घरेलु हिंसा भोग्ने यी अभिनेत्री « Khabarhub

घरेलु हिंसा भोग्ने यी अभिनेत्री


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा महिला केन्द्रीत फिल्म बन्ने संख्या निकै छ । त्यही बलिउडमा महिला माथि हिंसा हुने खबर पनि आइरहन्छ । बलिउडमा कैयौं अभिनेत्रीहरु आफ्नो पति वा प्रेमीबाट पीडित बनेका छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अभिनेत्री श्वेता तिवारीले वैवाहिक जीवनमा घरेलु हिंसाको शिकार भइसकेकी छन् । हालैमात्र उनले आफ्नो सन्तानमा असफल विवाहले पारेको प्रभावका विषयमा खुलेर कुरा गरेकी छन् ।

श्वेताले सन् २००७ मा पहिलो पति राजा चौधरीसँग सम्बन्धविच्छेद गरेकी थिइन् । त्यसपछि उनले अभिनाव कोहलीसँग दोस्रो विवाह गरिन् । दुई वर्ष अघि अभिनेत्रीले अभिनवका विरुद्ध आफूमाथि हात उठाएको आरोप लगाइन् । उनले पहिलो पति राजाका विरुद्ध पनि घरेलु् हिंसाको आरोप लगाएकी थिइन् ।

बलिउड अभिनेत्री कंगना रनावत करियरको सुरुवाती समयदेखि अभिनेता आदित्य पञ्चोलीका साथ लिभ इन रिलेसनमा थिइन् । उनले एक टेलिभिजन अन्तरवार्तामा आदित्यसँगको आफ्नो सम्बन्धका बारे खुलाएकी थिइन् ।

‘म मुम्बईमा नयाँ थिए । अठार वर्षको पनि थिइन् । एक होस्टलमा बस्थें । तब आदित्यले मलाई एक फ्ल्याट दिएका थिए । तर उनले त्यहाँ मलाई घरेलु बन्दी बनाएका थिए । मैले यो विषयमा उनकी पत्नीसँग कुरा गरें, तर उनले मेरो मद्दत गर्न अस्वीकार गरिन् । म निकै अप्ठ्यारो अवस्थामा कुदेर घर बाहिर निस्कएँ । त्यसपछि मलाई अनुराग बासु र उनकी श्रीमतिले सहयोग गरिन् । अनुरागले मलाई १५ दिनसम्म उनको अफिसमा लुकाएर राखे’, उनले भनेकी छन् ।

पूर्व मोडल र सन् १९९९ की ‘मिस वल्र्ड’ अभिनेत्री युक्ता मुखीले व्यापारी प्रिन्स तुलीसँग सन् २००८ मा विवाह गरिन् । सन् २०१३ मा प्रिन्सविरुद्ध दाइजो उत्पीडनका मामलामा मुद्धा दर्ता गराइन् ।

प्रिन्सले युक्तामाथि शारीरिक र मानसिक शोषण गरेका थिए । दुवैको सन् २०१४ मा सम्बन्धविच्छेद भयो ।

‘बिग बोस १३’को प्रतिष्पर्धी र ‘नच बलिए ४’की विजेता दलजीत कौरले पति शालीन भानोटविरुद्ध प्रताडिन गरेको र कुटपिट गरेको मामलामा मुद्धा दर्ता गराएकी थिइन् ।

विवाहको ६ वर्षपछि दलजीतले दाइजोको माग गरेको विषयमा मुद्धा दर्ता गराइन् । अहिले दिलजीत पति शालीनसँग अलग्गिएर छोरा जोर्डनका साथ एक्लै जीवन बिताइरहेकी छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ३५ बजे

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा

वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध

चैत मसान्तसम्मको कृषि मन्त्रालयको पुँजीगत खर्च ०.६ प्रतिशत मात्रै, अरुको कति ?

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अवधिमा संघीय सरकारको मन्त्रालयगत

स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत

फेरि बढ्यो इरान-अमेरिका तनाव, बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला

तेहरान- इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर