माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने (भिडियोसहित) « Khabarhub

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने (भिडियोसहित)


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको हो ।

आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले फेरि अर्को बैठक बसेर नयाँ निर्णय गर्ने बताए । प्रवक्ता श्रेष्ठले सरकारबारे नेपाली कांग्रेस र जसपाले निर्णय नगरेकोले अहिले नै आफ्नो पार्टी समर्थन फिर्ताबारे निर्णय नलिएको बताए ।

हेरौँ भिडियो

प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई माओवादीको समर्थन नरहने उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीको स्ट्यान्डबाई पोलिसी छ । यो सरकारलाई हाम्रो समर्थन छैन। हामीले टेक्निकली मात्रै अहिलेको सन्दर्भमा चिठी लेखिसकेका छैनौं। हामीले यो पार्टीको एकतापछि यो सरकार ७६(१) को सरकार भएको थियो। सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले नेकपालाई दुईटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन । हामीले पनि औपचारिक समर्थन गरेका पनि छैनौँ। त्यसले अरु कुनै प्रक्रियालाई रोक्दैन।’

प्रवक्ता श्रेष्ठले आफूहरुले प्रतिगामी कदम चाल्ने सरकार ढालेर त्यसविरुद्ध उत्रेका दलहरूको सरकार बनाउने बताए ।

‘अरू दलसँग हामीले वार्ता गरिरहेका छौँ। उहाँहरुले स्पष्ट रुपमा धारणा राख्नुपर्यो भनेका हौँ। ओलीलाई समर्थन गरे पनि हुन्छ’ उनले भने, ‘हामी ओली सरकारलाई हटाएर संसद दुई बर्ष चलाउन चाहान्छौँ। प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो। हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ। हामी अरुलाई लाद्न सक्दैनौँ।’

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १२ : ५४ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि