रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ « Khabarhub

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ प्रदान गरिने भएको छ । भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बिहीबार यो अवार्डको घोषणा गरेका हुन् ।

‘हामीलाई खुशी लाग्छ कि देशका सबै स्थानबाट फिल्मकर्मी, अभिनेता, अभिनेत्री, गायक र संगीतकार सबैलाई समय–समयमा दादा साहब फाल्के अवार्ड मिलिरहेको छ । यो वर्षको दादा साहब फाल्के अवार्ड महान अभिनेता रजनीकान्तलाई दिने घोषणा गरिरहँदा मलाई धेरै खुशी लागेको छ’, उनले भनेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार रजनीकान्तले विगत ५ दशकयता फिल्ममा राज गरिरहेका छन् । यहीकारण आशा भोसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई सम्मिलित निर्णायक मण्डलले उनलाई अवार्ड दिने घिर्णय गरेको हो ।

रजनीकान्तले ट्वीटमार्फत भारत सरकारलाई धन्यवाद दिएका छन् । रजनीकान्त अभिनित ‘दरबार’, ‘२.०’, ‘द रोबोट’, ‘त्यागी’, ‘चालबाज’, ‘अन्धा कानून’, ‘कबाली’, ‘खुनका कर्ज’लगायतका फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  २ : ४५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले