मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि « Khabarhub

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरू भएको छ ।

गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्नेछन् ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षणसमेत गरेका थिए ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  २ : ४१ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा