स्वैच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरले ३ लाख रुपैयाँसम्म दिने « Khabarhub

स्वैच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरले ३ लाख रुपैयाँसम्म दिने


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पूरा गरेका र स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई तीन लाख रुपैयाँसम्म दिने जनाएको छ ।

महानगरले विज्ञप्ति जारी गर्दै  सेवा अवधिको आधारमा सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले अवकाश पाउने जनाएको हो ।

महानगरले उपलब्ध गराएको सेवामा अवकाश लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित ३० दिनभित्र महानगरको शिक्षा महाशाखामा निवेदन पेश गर्न सक्ने छन् ।

२०७८ साल साउन पश्चात १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा महानगरले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै २०७८ साउनसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार, ३ वर्ष सेवा बाँकीलाई २ लाख, ४ वर्ष सेवा बाँकी रहेकालाई २ लाख ५० हजार र ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई रु ३ लाख रुपैयाँसम्म सुविधा दिने महानगरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवकाश लिन चाहने शिक्षकले स्थायी नियुक्ति पत्रको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र सम्बन्धित शिक्षकको निवेदन पेश गर्नुपर्ने छ ।
प्राप्त निवेदनका आधारमा सुविधा सम्बन्धी थप निर्णय हुने महानगरले जनाएको छ ।

यस्तो छ महानगरद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ४ : ३३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका