चितवनमा अलग अलग घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा अलग अलग घटनामा दुई जनाको मृत्यु


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

डुबेर मृत्यु

माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : ५० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको